माधव नेपालले भने : म उपप्रधानमन्त्री हुँदा सय रुपैंया भत्ता सुरु गरेका थियौँ अहिले चार हजार पुग्यो
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफू उपप्रधानमन्त्री हुँदा नै वृद्ध र एकल महिला भत्ता सुरु गरेको बताएका छन्। पाँच दलीय गठबन्धनले काठमाडौँमा आयोजना गरेको सभामा उनले भने' म उप्रधानमन्त्रीहुँदा सय रुपैंया भत्ता सुरु गरेका थियौँ अहिले चार हजार पुग्यो।'
उनले गठबन्धन लोकतान्त्रिक गठबन्धन भएको र एमालेको गठबन्धन प्रतिगामी भएको दाबी गरे। उनले भने' २०५१ मा वृद्ध भत्ताको सुरुवात गर्दा मनमोहन अधिकारी प्रधानमन्त्री हुनुहुन्थ्यो म उपप्रधानमन्त्री थिए। हामीलाई विश्वास गर्नुस् हामी देश बनाउन आएका हौँ।'
उनले काठमाडौँ महानगरपालिकामा गठबन्धनको तर्फबाट संयुक्त उम्मेदवारी दिन सकिए पनि वडाहरूमा समस्या भएको बताउँदै अन्तिमसम्म समस्या समाधान गर्न प्रयास गर्नुपर्ने र गठबन्धनको निर्णय विपरीत जानेलाई पार्टीले कारबाही गर्नुपर्ने बताएका थिए।
वैशाख २३, २०७९ शुक्रबार १६:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।