मैले जिते काठमाडौँलाई महान् घर जस्तो बनाउनेछु: सिर्जना सिंह

मैले जिते काठमाडौँलाई महान् घर जस्तो बनाउनेछु: सिर्जना सिंह

काठमाडौँ : नेपाली कांग्रेसको तर्फबाट काठमाडौं महानगरपालिकामा मेयर पदकी उम्मेदवार सिर्जना सिंहले असुरक्षित रहेको काठमाडौंलाई सुरक्षित बनाउनु आफ्नो पहिलो प्राथमिकता रहेको बताएकी छिन्। रत्नपार्क शान्तिबाटिकामा आयोजित पाँच दलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै सिंहले असुरक्षित रहेको काठमाडौंलाई सुरक्षित बनाएर ढुक्कले बस्न सक्ने वातावरण बनाउनु आफ्नो पहिलो प्राथमिकता रहेको बताएकी हुन्।

‘म महानगरमा कामको लागि आउने दाजुभाई दिदिबहिनीको शिर निहुरीन दिने छैन्। म काठमाडौंलाई महान घर जस्तो बनाएर राख्नेछु। यहाँ आउने सबैलाई राम्रोसँग सेवा प्रवाह गर्नेछु।’ सिंहले भनिन्। 

उनले काठमाडौं महानगरमा फोहोर, सडक, वेराजगारीको समस्या रहेको भन्दै त्यसको समाधान गर्ने बताइन्। उनले भनिन्, युवाहरूको लागि विशेष योजना अघि सार्ने उनको प्रतिबद्धता छ । ‘अहिलेसम्म युवाहरूले धेरै दिए। अब मैले जितेमा युवाहरूलाई दिनेछु। उनीहरूमा देखिएको बेरोजगारी समस्या समाधान गर्नेछु,’। 

शिक्षाको गुणस्तर बढाउनतिर आफ्नो प्राथमिकता हुने बताइन्। ‘सरकारी विद्यालयमा पढ्दा शिक्षाको गुणस्तर एकदमै कमजोर देखिएको छ। यसलाई गुणस्तरीय बनाउन मेरो ध्यान हुनेछ,’ उनले भनिन्। 

गृहणी महिलालाई विशेष भत्ताको व्यवस्था मात्र नभएर विदुर पुरुषहरूको लागि समेत भत्ताको व्यवस्था गर्ने उनको भनाइ छ। २४ सैं घण्टा काठमाडौंका बजार खुल्ला गर्ने गरी पहल गर्ने बताइन्। ‘यसका लागि म एक्लैले सक्दिन। यसमा म त एउटा पात्र मात्र हुँ। यसमा विज्ञहरूसँग छलफल गरेर काठमाडौंको बजार क्षेत्र २४ घण्टा नै खुल्ला गराउनेछु,’ सिंहले भनिन्।  

काठमाडौं सार्वजनिक स्थानमा सार्वजनिक शौचालय राख्नुका साथै निःशुल्क खानेपानीको व्यवस्था पनि गर्ने उनको भनाइ छ। काठमाडौंका मतदाताको शिर निहुरीने काम गर्न नदिने उनले प्रतिबद्धता जनाइन्।

वैशाख २३, २०७९ शुक्रबार १६:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।