गठबन्धन भन्दा प्रतिगमन बलियो छः चित्रबहादुर केसी
काठमाडौँ : राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले गठबन्धन भन्दा प्रतिगमन शक्तिशाली भएको बताएका छन्। काठमाडौंमा शुक्रबार आयोजित पाँच दलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले प्रतिगमन एक्लो नभएको बताएका हुन्। उनले प्रतिगमनले गणतन्त्र सिध्याउँदा संसद् सिध्याउँदा हामी एक भएर सामान गरेको स्मरण गराए।
उनले भने, पाँच दलीय गठबन्धनका साथीहरुले प्रतिगमनसँग गठबन्धन गरेका छन्। पार्टीभित्र अनुसार कायम गर्न हम्मे हम्मे परेको छ। चितवनमा के भइरहेको देखिरहनु भएको छ।
ओलीले संसद् विघटन गर्ने बेला नै जनमोर्चाले प्रतिगमनका विरुद्ध रहेको बताए । अध्यक्ष केसीले अहिले प्रतिगठनकारहरूले पाँच दलीय गठबन्धन अपवित्र भन्दै गाली गर्दै हिँडेको बताए। विगतमा गठबन्धन नगरेको भए प्रतिगमनले घुँडा नटेक्ने भन्दै उनले अहिलेको पाँच दलीय गठबन्धनभित्र समस्या रहेको बताए।
‘पाँच दलभित्र प्रशस्तै विरोध छ। एक पार्टीभित्र त विरोध छ भने गठबन्धनमा हुनु स्वाभाविक हो,’ केसीले भने। गठबन्धनभित्रका अन्य दलले एमसीसी पास गराएपछि जनमोर्चा बाहिरिएको बताए। ‘एमसीसी पास गराउँदा हामीले गठबन्धनसँगको सहकार्य तोड्यौँ। पछि चुनावको बेला फेरि एकजुट भयौँ,’ केसीले भने।
आफ्नो शक्तिअनुसार नै जनमोर्चाले स्थानीय तह निर्वाचनमा उम्मेदवार उठाएको बताए। ‘हामीले धेरै ठाउँ ताकेका छैनौँ। धेरै ठाउँमा उम्मेदवार उठाउन हाम्रो शक्ति पनि त हुनुपर्यो । के कुरा ढाँट्नु सत्य कुरा यही हो। हामीले सक्ने ठाउँमा उम्मेदवार उठाएका छौँ, नसक्ने ठाउँमा अरूलाई सहयोग गर्छौँ,’ केसीले भने।
वैशाख २३, २०७९ शुक्रबार १६:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।