गठबन्धनको विपक्षमा उभिने कांग्रेस हुन सक्दैनः इन्द्र बानियाँ

गठबन्धनको विपक्षमा उभिने कांग्रेस हुन सक्दैनः इन्द्र बानियाँ

काठमाडौँ : नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बानियाँले गठबन्धनको विपक्षमा उभिने कांग्रेस हुन नसक्ने बताएका छन्। आज काठमाडौँको रत्नपार्क शान्तिबाटिकामा आयोजित पाँचदलीय चुनावी सभालाई सम्बोधन गर्दै उनले गठबन्धनको तर्फबाट बागी उम्मेदवारी दिएका उम्मेदवारले एमालेलाई सहयोग गरेको आरोप लगाए। 

उनले कांग्रेसले हँसिया हथौडामा भोट हाल्न सक्दैन, माओवादीले रुखमा भोट हाल्न सक्दैन भन्ने मान्यता राष्ट्रिय सभाको निर्वाचनबाट हटिसकेको बताए। उनले एमालेले भ्रम सिर्जना गरेर गठबन्धनलाई कमजोर बनाउन खोजेको बताए। 

उनले भने, एमालेले भ्रमको खेती गर्ने काम गरिरहेको छ। पानी जहाजको अफिस खोलेको छ। त्यहाँ केही छैन। ८ महिना अगाडी धरहराको उद्घाटन गरेको छ।  अझै एक वर्ष ३० करोड जरिवाना तिर्नुपर्ने ठेकेदारले तिर्नु नपर्ने गरी उद्घाटन गर्नु त्यो भ्रष्टाचार हो कि होइन। 

उनले केशव स्थापितले हावा कुरा गरेको बताए। उनले केपी ओलीले आफू जस्तै हावादारी गफ दिने नेता केशव स्थापितलाई काठमाडौँको मेयरमा उठाएको बताए। उनले त्याग गरेका गणेशमान सिंहको परिवारको सदस्य पनि रहेकी सिर्जना सिंहलाई जिताउन आग्रह गरे। 

कोही कलेज पढ्दै गरेको नानी उठाएर ल्याएको भन्दै कलेज पढ्दैमा नलेज नहुने उनले तर्क गरे। उनले गठबन्धन २–४ वर्षको होइन ८१० वर्षको हुन्छ भन्ने कुरा शीर्ष नेताहरूबाट बुझिएको बताए। हिजो माओवादीले गठबन्धन फेर्नुमा प्रचण्डको मात्र दोष नभएर हामी पनि दोषी भएको उनको भनाइ छ।

वैशाख २३, २०७९ शुक्रबार १५:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।