आगलागीमा परी दुई जनाको मृत्यु, एक गम्भीर घाइते

भोजपुर : भोजपुर र पाल्पामा आगलागीका घटनामा परी दुई जनाको मृत्यु भएको छ। भोजपुरको षडानन्द नगरपालिका-१४ बिहिबारे बजार बस्ने खेममणी तामाङको घरमा बिहीबार साँझ आगलागी हुँदा जलेर उनको दुई वर्षीया छोरी रेश्मा तामाङको मृत्यु भएको हो।
आगलागीमा परी गम्भीर घाइते भएकी उनकै श्रीमती २४ वर्षीया मिना तामाङको धरान घोपा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। आगलागीबाट दुई वटा घर तथा खेममणीको किराना पसल र कपडा पसल समेत पूर्णरूपमा जलेर नष्ट भएको छ।
पाल्पाको रैनादेवी छहरा गाउँपालिका–४ जौखरक बस्ने ७९ वर्षीय मान बहादुर सोमैको घरमा बिहीबार राति आगलागी हुँदा जलेर मान बहादुरको मृत्यु भएको छ। आगलागीबाट करिब २० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।
वैशाख २३, २०७९ शुक्रबार १४:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।