मातिएर ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने पक्राउ

मातिएर ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने पक्राउ

सिरहाः ड्युटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा दुई जना पक्राउ परेका छन्। धनगढीमाई नगरपालिका-१२ बस्ने २७ वर्षीय अमन मगर र सोही ठाउँ बस्ने ४० वर्षीय मीनबहादुर मगरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो।

उनीहरूले मादक पदार्थ सेवन गरी आएर ड्यूटीमा रहेको प्रहरी कर्मचारीलाई अभद्र व्यवहार गरेका थिए। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

वैशाख २३, २०७९ शुक्रबार १३:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।