खुकुरी हानेर आफ्नै आमाबुवाको हत्या गरेको आरोपमा आइतराज पक्राउ

ताप्लेजुङः आफ्नै बुवाआमाको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका-६ गोटी थाङ्गा बस्ने २५ वर्षीय आइतराज लिम्बू रहेका छन्।
उनले ७० वर्षीय बुवा बिर्खबहादुर लिम्बू र आमा ७२ वर्षीया थिपरानी लिम्बूको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो।
प्रहरी चौकी लेलेपबाट खटिएको प्रहरीले उनलाई खुकुरीसहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
वैशाख २३, २०७९ शुक्रबार १२:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।