आइतबार सरकारी बिदा दिने निर्णयको प्रभाव: शेयर बजार शुक्रबार पनि खुल्ने

आइतबार सरकारी बिदा दिने निर्णयको प्रभाव: शेयर बजार शुक्रबार पनि खुल्ने

काठमाडौंः जेठ महिनाबाट नेपालको धितोपत्र (शेयर) बजार शुक्रबार पनि खुल्ने भएको छ। धितोपत्र बोर्डले नेप्सेलाई शुक्रबार समेत शेयर बजार पूर्ण समय खोल्न निर्देशन दिइसकेको छ।

आज नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको 'परिपक्क पूँजीबजार छलफल कार्यक्रम'मा धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले शुक्रबार पनि बजार खोल्न नेप्सेलाई निर्देशन दिइसकेको बताएका हुन्।

यसअघि मन्त्रिपरिषद्ले जेठ महिनाबाट सातामा दुई दिन (शनिबार र आइतबार) सरकारी बिदा दिने निर्णय गरेको थियो। सो निर्णयका कारण शेयर बजार सातामा चार दिन (सोमबारदेखि बिहीबारसम्म) मात्र खुल्ने अवस्था आउँथ्यो। यसको प्रभाव कम गर्न अब शुक्रबार पनि बजार खोल्ने निर्णय गरिएको बताइएको छ।

वैशाख २३, २०७९ शुक्रबार १२:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।