हिजो १४ सयले बढेको सुनको मूल्य आज ६ सयले घट्यो

हिजो १४ सयले बढेको सुनको मूल्य आज ६ सयले घट्यो

काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य ६ सय रुपैयाँले घटेको छ। हिजो एकैदिन १४ सय रुपैयाँले बढेको सुन आज ६ सयले घट्दा ग्राहकलाई थोरै राहत हुने भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ कायम भएको छ।

यस्तै आज तेजाबी सुनको मूल्य ९७ हजार पाँच सय कायम भएको छ।

महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेको छ। आज एक हजार २८० रुपैयाँ प्रतितोलामा चाँदीको कारोबार भइरहेको छ।

वैशाख २३, २०७९ शुक्रबार ११:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।