जिल्ला कार्यसमितिलाई कांग्रेसको निर्देशन: बागी उम्मेदवार, प्रस्तावक र समर्थकको विवरण केन्द्रमा पठाउनू 

जिल्ला कार्यसमितिलाई कांग्रेसको निर्देशन: बागी उम्मेदवार, प्रस्तावक र समर्थकको विवरण केन्द्रमा पठाउनू 

काठमाडौंः नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवारी दिएकाहरू र तिनका प्रस्तावक र समर्थकहरूलाई कारबाही गर्न थालेको छ। पार्टीले विधानअनुसार त्यस्ता उम्मेदवार, प्रस्तावक र समर्थकको पार्टी सदस्यता स्वतः समाप्त भई पाँच वर्षका लागि निष्काशित हुने भएकाले उनीहरूको आधिकारिक विवरण केन्द्रले सङ्कलन गरिरहेको जनाएको छ।

यसअघि नै कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीको आधिकारिक उम्मेदवारको विरुद्धमा बागी उम्मेदवारी दिने, तिनको समर्थक र प्रस्तावक पार्टीबाट स्वतः निष्काशित हुने जानकारी दिएका थिए।

त्यस्ता बागी उम्मेदवार र तिनका प्रस्तावक र समर्थकहरूको नामावली निर्वाचन आयोगले प्रकाशित गरेको उम्मेदवार, प्रस्तावक, समर्थकहरूको अन्तिम नामावलीको आधिकारिक र प्रमाणिक विवरणको प्रतिलिपिसहित तत्काल केन्द्रमा पठाउन पनि कांग्रेसले जिल्ला कार्यसमितिलाई निर्देशन दिएको छ।

वैशाख २३, २०७९ शुक्रबार १०:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।