सडकबाट पाँच सय मिटर तल मोटरसाइकल खस्दा चालकको मृत्यु

धनकुटाः साँगुरीगढी गाँउपालिका- ३ सल्लेनी डाँडामा गए राति मोटरसाइकल दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा साँगुरीगढी- ३ मदेन टोलका अन्दाजी ३८ वर्षीय ईन्द्रबहादुर याखा रहेका छन्।
कुशेटारबाट मदेनतर्फ आँउदै गरेको याखाले चलाएको को२८प ७४७१ मोटरसाइकल अनियन्त्रीत भई गए राति पौने १२ बजे सडकबाट अन्दाजी ५०० मिटर तल खसेको प्रहरी चौकी डाँडाबजारले जनाएको छ।
वैशाख २३, २०७९ शुक्रबार ०९:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।