आज नेपाल र जिम्बावे 'ए' बीच एकदिवसीयको पहिलो खेल हुने

काठमाडौंः नेपाल र जिम्बावे 'ए' बीच आज पहिलो एकदिवसीय खेल हुँदैछ। खेल बिहान ९:३० बाट त्रिवि क्रिकेट मैदानमा हुनेछ।
यसअघि टी ट्वेन्टी श्रृङ्खलामा बराबरी गरेको नेपालले आज जित निकाल्दै जिम्बावेलाई दबाबमा राख्न चाहन्छ। जिम्बावेले पनि आज जित निकाल्दै आफ्नो दबदबा कायम राख्न चाहन्छ।
नेपालले आईसीसी विश्वकप लिग–२ को तयारीस्वरूप जिम्बावे 'ए' सँग प्रतियोगिता खेलेको हो। यो श्रृङ्खलालाई अन्तर्राष्ट्रिय मान्यता दिइएको छैन।
नेपाल र जिम्बावे 'ए' बीच दोस्रो एकदिवसीय भोलि शनिबार र तेस्रो एकदिवसीय सोमबार हुनेछ।
वैशाख २३, २०७९ शुक्रबार ०९:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।