सत्ता गठबन्धनले काठमाडौंमा आज संयुक्त चुनावी सभा गर्ने

काठमाडौंः सत्ता गठबन्धनका पाँच दलले आज काठमाडौंमा संयुक्त चुनावी सभा गर्दैछन्। आज दिउँसो १ बजे काठमाडौंको शान्तिबाटिकामा सभा हुने तय भएको छ।
सभामा गठबन्धनका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन्। यसअघि हिजो चितवनको भरतपुरमा गठबन्धले मेयर उम्मेदवार रेनु दाहालको पक्षमा माहोल बनाउन सभा आयोजना गरेको थियो। आज काठमाडौंमा मेयर उम्मेदवार सिर्जना सिंहको पक्षमा माहोल बनाउन सभा आयोजना गर्न लागिएको हो।
सभामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताले सम्बोधन गर्ने कांग्रेस काठमाडौंका सभापति कृष्ण बानियाँ (सवुज)ले जानकारी दिए।
वैशाख २३, २०७९ शुक्रबार ०८:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।