फेरी एमालेसँग पार्टी एकता गरेर गल्ती गर्दिन: प्रचण्ड

फेरी एमालेसँग पार्टी एकता गरेर गल्ती गर्दिन: प्रचण्ड

काठमाडौँ : माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरी एमालेसँग पार्टी एकता गर्न सम्भव नरहेको बताएका छन्। चितवनमा भएको पाँच दलीय गठबन्धनले गरेको चुनावी सभामा प्रचण्डले भने, ‘एमालेका कतिपय साथीहरु हामी आँफै मिलौं भनेर आउँछन्। र म आफैले एउटा गल्ती गरे त्यो गल्ती दोहो¥याउन चाहान्न।’

कार्यक्रममा उनले चुनाव भरतुरमा लागेका चर्चा हुने गरेको बताए। उनले भने, ‘अन्त त चुनाव लागेकै छैन लाग्या छ भनेको भरतुरमा छ। दुनियाले भरतपुरमा ध्यान दिएर हेरेका छन्।’ 

उनले भरतपुरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वतन्त्र उम्मेदवार जगन्नथा खचिवडालाई सहयोग गर्ने भनेर सुनेको बताए।  ‘स्वतन्त्र उम्मेदवारलाई सबै हाम्रो भोट तपाईलाई खन्याइदिन्छु भनेको सुनेको छु, भन्न त उहाँले जे पनि भन्नुहुन्छ,’ उनले भने।

वैशाख २२, २०७९ बिहीबार १६:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।