अधिवेशन-महाधिवेशन स्थगित गर्न भ्रातृ तथा शुभेच्छुक संस्थालाई कांग्रेसको निर्देशन

अधिवेशन-महाधिवेशन स्थगित गर्न भ्रातृ तथा शुभेच्छुक संस्थालाई कांग्रेसको निर्देशन

काठमाडौं : यही वैशाख ३० को स्थानीय चुनावमा आफ्ना उम्मेदवारलाई जिताउन भन्दै नेपाली कांग्रेसले भ्रातृ संगठन तथा शुभेच्छुक संस्थाहरूका अधिवेशन-महाधिवेशन स्थगित गर्न निर्देशन दिएको छ।

कांग्रेसले निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारलाई विजयी गराउन भ्रातृ संघहरू, शुभेच्छुक संस्थाहरू लगायत विदेशस्थित जनसम्पर्क समितिलाई पूर्वनिर्धारित अधिवेशन तत्कालका लागि स्थगित गर्न भनेको छ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको सूचनामा भनिएको छ, 'पूर्वनिर्धारित अधिवेशन-महाधिवेशन स्थानीय तहको निर्वाचनको मिति आसपास गर्न सान्दर्भिक र सम्भव नदेखिएकोले स्थानीय तह निर्वाचनको अन्तिम परिणाम प्राप्त भएलगत्तै आ–आफ्नो कार्यसमितिको बैठक बसी अधिवेशन-महाधिवेशनको कार्यतालिका यथाशीघ्र तय गर्नु।'

वैशाख २१, २०७९ बुधबार १४:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।