एमालेका गाउँपालिका अध्यक्ष उम्मेदवार विष्ट विरुद्ध पक्राउ पूर्जी जारी

एमालेका गाउँपालिका अध्यक्ष उम्मेदवार विष्ट विरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौं : ओखलढुंगाको लिखु गाउँपालिका अध्यक्षमा नेकपा एमालेबाट उम्मेदवार बनेका मिलनकुमार विष्ट विरूद्ध पक्राउ पुर्जी जारी भएको छ।

भक्तपुर जिल्ला अदालतबाट उनी विरुद्ध पक्राउ पूर्जी जारी भएकोले खोजी कार्य सुरू गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।

विष्ट विरूद्ध नेपाली कांग्रेसबाट उम्मेदवार रहेका अशोक कार्कीले निर्वाचन अधिकृत कार्यालयमा उजुरी दिएका थिए।

२०७७ मा भक्तपुरमा बैंकिङ कसुर र दोहोरो नागरिकता लिएको आरोपमा उनी विरुद्ध मुद्दा दर्ता भएको थियो। मुद्दा दर्ता भएयता उनी फरार रहेको प्रहरीले जनाएको छ।

उनको खोजी कार्य गरिने पनि प्रहरीले जनाएको छ।

वैशाख २१, २०७९ बुधबार १३:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।