यी हुन् संसारका १० उत्कृष्ट मेयर

काठमाडौं : यही वैशाख ३० गते नेपालमा स्थानीय तहको निर्वाचन हुँदैछ। मेयर, उपमेयर लगायत विभिन्न पदका लागि उम्मेदवारी दर्ता समेत भइसकेको छ। उम्मेदवारहरू चुनावी प्रचारमा पनि हिँड्न थालिसकेका छन्।
यो दौडमा को सफल हुन्छन्, को असफल? त्यो हेर्न बाँकी नै छ। एकैछिन शहरी मामिलामा अन्तर्राष्ट्रिय थिंक ट्याङ्क 'दी सिटी मेयर्स फाउण्डेसन'ले मेयरको आचारसंहिता एवम् योगदानको आधारमा छनोट गरेका संसारका १० उत्कृष्ट मेयरको बारेमा चर्चा गरौँ।
सन् २००३ मा स्थापना भएको यो फाउण्डेसनले सन् २००४ देखि असल स्थानीय सरकार एवम् आदर्श शहर निर्माणमा मेयरहरूले दिएको योगदानका आधारमा उत्कृष्ट मेयरहरूलाई 'वर्ल्ड मेयर अवार्ड' पुरस्कार दिँदै आएको छ।
१. एडी रामा
युरोपको बाल्कन मुलुक अल्बानियाको सबैभन्दा ठूलो शहर एवम् राजधानी तिरानाका सन् २००४ का मेयर हुन् एडी रामा। उनी सिटी मेयर्सद्वारा आयोजित अन्तर्राष्ट्रिय मेयर प्रतिस्पर्धा सन् २००४ का विजेता हुन्।
उनले तिराना शहरलाई कलात्मक ढङ्गले परिवर्तन गरेको र शहरमा सार्वजनिक सेवा प्रवाहमा ठूलो योगदान पुर्या्एका थिए।
तिरानालाई रङ्गीन शहर बनाई उनले शहरबासीको मन जितेका थिए। रामा अल्बानियकाका राजनीतिज्ञ, पेन्टर, लेखक, बास्केटबल खेलाडीसमेत हुन्।
२. डोरा बाकोयानिस
सन् २००२ देखि २००६ सम्म ग्रीसको ठूलो शहर एथेन्सकी मेयर हुन्- डोरा बाकोयानिस। वर्ल्ड मेयर २००५ की विजेता डोराले करिब ८५ हजार मत ल्याएर उत्कृष्ट भएकी थिइन्।
आतंकवादविरुद्ध लडेकी उनले आफूलाई आधुनिक ग्रीक राजनीतिकी नायिकाको रूपमा स्थापित गरेकी थिइन्।
एथेन्स शहरको ३५ सय वर्षको इतिहासमा उनी पहिलो महिला मेयर समेत हुन्। मेयरको पदमा रहँदा उनले सन् २००४ एथेन्सको ओलम्पिक्स खेलकुदको आयोजना गरेकी थिइन्।
३. जोन सो
जोन सो अष्ट्रेलियाको मेलबर्न शहरका १०२औं मेयर हुन्। उनी मेलबर्नका पहिलो प्रत्यक्ष निर्वाचित मेयर हुन्। लर्ड मेयर अफ मेलबर्न भनेर चिनिने जोनले सन् २००६ को वर्ल्ड मेयर उपाधि जितेका थिए।
आफ्नो समुदायका लागि लामो समयसम्म योगदान पुर्यािउने मेयरको रूपमा परिचित छन् उनी। आदर्श शहर निर्माणप्रतिको लगाव, रोजगारीको सुनिश्चितता, मानवता लगायत अन्य कामले उनी अष्ट्रेलियाली नागरिकबीच लोकप्रिय छन्।
४. हेलेन जिली
दक्षिण अफ्रिकाको राजधानी केप टाउनकी पूर्वमेयर हेलेन जिली एक राजनीतिज्ञ हुन्। वर्ल्ड मेयर प्राइज २००८ विजेता जिलिले शहरका धनी र गरिब वर्गबीच पुलको काम गरेकी थिइन्।
संसारका ५० प्रतिस्पर्धी मेयरलाई पछि पार्दै उनले सो उपाधि जितेकी थिइन्।
५. मार्सेलो एब्रार्ड
एब्रार्ड सन् २०१० का मेक्सिको सिटिका मेयर हुन्। सन् २००६ देखि २०१० सम्म मेयरको पदमा रहेका उनले शहरमा अनेकौँ चुनौतीका बाबजुद महिला र अल्पसङ्ख्यकको हक र वातावरणीय मुद्दाका लागि लडेका थिए।
सो योगदानले नै एब्रार्डले वर्ल्ड मेयर २०१० को उपाधि जितेका हुन्। उनी मेक्सिकोको पूर्व विदेश सचिव समेत हुन्।
६. इनाकी आज्कुना युरेटा
इनाकी स्पेनका राजनीतिज्ञ हुन्। उनी सन् १९९९ देखि आफ्नो मृत्युपर्यान्त स्पेनको बोस्क प्रान्तको शहर बिल्बाओका मेयर भएका थिए।
सन् २०१४ मा मृत्यु भएका उनले सन् २०१२ को वर्ल्ड मेयर पुरस्कार जितेका थिए।
शहरको आर्किटेक्चर, कला एवम् पर्यटन व्यवसायलाई उँचाइमा पुर्याथउने व्यक्तिको रूपमा उनले आफ्नो पहिचान बनाएका छन्।
७. नहीद नेन्शी
क्यानडाको क्याल्गेरी, अल्बर्टा शहरका ३६ औँ मेयर हुन् उनी। दुई पटक सो शहरका मेयर बनेका नहीदले वर्ल्ड मेयर प्राइज २०१४ को उपाधि जितेका थिए।
शहरी योजनामा उत्कृष्ट भिजन भएको व्यक्तिको रूपमा उनले आफ्नो पहिचान बनाएका छन्। सो शहरमा सबैभन्दा बढी रुचाइएका मेयरमध्ये नहीद पर्ने गर्छन्।
८. बार्ट सोमर्स
बार्ट सोमर्स बेल्जियमका राजनीतिकर्मी हुन्। उनी बेल्जियमको एन्टवेर्प प्रान्तस्थित फ्लेमिस क्षेत्रको शहर मेसिलेनका हालका मेयर समेत हुन्। सन् २००१ देखि मेयर रहिआएका सोमर्सले सन् २०१६ को वर्ल्ड मेयर प्राइजको उपाधि जितेका थिए।
करिब १२८ भन्दा बढी फरक राष्ट्रियता भएका नागरिकको थलो मेसिलेन युरोपको विविधतायुक्त शहरको रूपमा चिनिन्छ। आफ्नो कार्यकालभर जिम्मेवारी र प्रतिबद्धता पूरा गर्ने मेयरको रूपमा सोमर्सले आफ्नो पहिचान बनाएका छन्।
९. भेलेरिया म्यानसिनेली
इटालियन राजनीतिकर्मी म्यानसिनेलीले सन् २०१८ को वर्ल्ड मेयर प्राइज जितेकी थिइन्। उनको कार्यकालमा सो शहरको अर्थतन्त्र ह्वात्तै बढेको थियो।
१०. अहमद अबु तालिब
नेदरल्याण्डको शहर रोटरड्यामका मेयर अहमद २०२१ का वर्ल्ड मेयर विजेता हुन्। पत्रकारिताबाटै राजनीति सुरु गरेका उनले कोभिड-१९ विरुद्ध लड्न योगदान पुर्याैएका थिए।
सो समयमा उनले बलियो, स्वच्छ र हरित शहरको अवधारणालाई कार्यान्वयन गरेका थिए। सो कार्यक्रमबाट नै उनी शहरबासीमाझ लोकप्रिय बनेका थिए।
वैशाख २१, २०७९ बुधबार १२:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।