गाउँपालिका अध्यक्षले दिए वडा सदस्यमा उम्मेदवारी

गाउँपालिका अध्यक्षले दिए वडा सदस्यमा उम्मेदवारी

बुटवल : २०७४ सालको स्थानीय निर्वाचनमा गुल्मीको चन्द्रकोट गाउँपालिका अध्यक्ष जितेका द्रोणबहादुर खत्री यस पटक वडा सदस्यको उम्मेदवार बनेका छन्।

गाउँपालिकाको अध्यक्षबाट राजीनामा दिएर वडा सदस्यमा उम्मेदवारी दिएपछि अहिले उनको चर्चा भइरहेको छ। खत्री चन्द्रकोट गाउँपालिकाको वडा नं. ३ का मतदाता माझ मत माग्न व्यस्त छन्।

स्थानीय तह सञ्चालन अनुभव हासिल गर्दै जिल्ला समन्वय समितिको प्रमुख पदमा दावी गर्ने हिसाबले आफू वडा सदस्यको उम्मेदवार बनेको खत्रीले बताए। 

चन्द्रकोट गाउँपालिका अध्यक्षमा गठबन्धनबाट यस पटक माओवादी केन्द्रका नेता युवराज केसी अध्यक्षको साझा उमेदवार छन्।

उपाध्यक्षको साझा उम्मेदवार कांग्रेस विष्णुप्रसाद भण्डारी छन्। नेकपा एमालेबाट अध्यक्षका उम्मेदवार चेतन बस्नेत छन् भने एमालेकै राधिका अर्याल उपाध्यक्षकी उम्मेदवार छिन्।  

वैशाख २१, २०७९ बुधबार ११:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।