जापान जाने तयारीमा रहेका युवा होटलमा मृत भेटिए

जापान जाने तयारीमा रहेका युवा होटलमा मृत भेटिए

काठमाडौं : जापान उड्ने तयारीमा रहेका एक युवा महेन्द्रनगरको एक होटलमा मृत फेला परेका छन्।

कञ्चनपुरको भीमदत्त नगरपालिका-१५, निम्बुखेडाका २१ वर्षीय मुकुल पाण्डेय  होटल ‘नाइन इलेभन’ मा बुधबार बिहान मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

यही वैशाख २२ गते जापान उड्ने तयारीमा रहेका मुकुल साथीहरुलाई पार्टी दिन सो होटलमा पुगेको खुलेको छ। उनका एक आफन्तका अनुसार मुकुल बुधबार नै काठमाडौं जाने तयारीमा थिए।  

होटलको चौथो तलाको ४०३ नम्बर कोठामा मृत भेटिएका मुकुलको शरीरमा कुनै चोटपटक नपाइएको घटनास्थलमा खटिएका एक प्रहरीले जानकारी दिए।

घटनाको अनुसन्धानका लागि प्रहरीले मुकुलका साथी आशीष चन्दलाई नियन्त्रणमा लिइएको जनाएको छ। चन्द र मुलुक राति कोठामा सँगै सुतेको प्रहरीले बताएको छ।

वैशाख २१, २०७९ बुधबार ११:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।