रुसी आक्रमणमा २१ सर्वसाधारण मारिए

रुसी आक्रमणमा २१ सर्वसाधारण मारिए

मस्को : रुसको पछिल्लो आक्रमणमा कम्तीमा २१ सर्वसाधारणको मृत्यु भएको छ। पूर्वी युक्रेनमा भएका ती हमलामा २७ जना घाइते भएका दोनेत्सका गर्भनरले बताए।

पूर्वी युक्रेनमा रुसले आफ्नो सैन्य कारबाही तीब्र पारेको छ। रुसको वायुसेनाले युक्रेनमा ३९ सैन्य केन्द्रमा आक्रमण गरेको रुसी रक्षा मन्त्रालयका अधिकारीलाई उदृत गर्दै रुसी समाचार संस्था तासले जनाएको छ। 

तीमध्ये दुई कमाण्ड पोष्ट र युक्रेनको सशस्त्र बलको जनशक्ति र सैन्य उपकरणहरूको क्षेत्र रहेको मन्त्रालयका मेजर जनरल इगोर कोनासेन्कोभले बताए।

वैशाख २१, २०७९ बुधबार १०:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।