समाजवादीले आफ्ना उम्मेदवार नभएको ठाउँमा अवसरवादी विरुद्ध मतदान गर्ने

\काठमाडौं : सत्ता-गठबन्धनमध्येको एउटा दल एकीकृत समाजवादीले आफ्नो पार्टको एकद उम्मेदवार नभएको ठाउँमा दक्षिणपन्थी अवसरवादी एवं प्रतिगामी शक्ति विरुद्ध मतदान गर्ने निर्णय गरेको छ।
अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालयको बैठकले आफ्नो पार्टीसँग गठबन्धन नभएको ठाउँमा यस्तो निर्णय गरेको समाजवादीका महासचिव बेदुराम भुसालले बताए।
एकीकृत समाजवादीले महानगर तथा उपमहानगरपालिकामा गठबन्धन भएका स्थानमा गठबन्धनका उम्मेदवारलाई जिताउन सम्पूर्ण शक्ति केन्द्रित गर्ने निर्णय पनि गरेको छ।
यसैगरी आफ्नो पार्टीसँग गठबन्धन भएका सबै पालिका तथा वडामा गठबन्धनका उम्मेदवारलाई जिताउन लागिपर्ने निर्णयसमेत बैठकले गरेको छ। साथै गठबन्धनका दलबीच सहमति कायम गर्न अन्तिमसम्म पनि प्रयत्न गर्ने निर्णय गरेको पनि भुसालले जानकारी दिए।
वैशाख २१, २०७९ बुधबार ०९:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।