१ लाख ४५ हजार ९२ जना उम्मेदवारको सूची सार्वजनिक

१ लाख ४५ हजार ९२ जना उम्मेदवारको सूची सार्वजनिक

काठमाडौं : निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय निर्वाचनका उम्मेदवारको सूची सार्वजनिक गरेको छ।

निर्वाचन आयोगले १ लाख ४५ हजार ९२ जना उम्मेदवारको सूची सार्वजनिक गरेको हो। अहिले सार्वजनिक भएको सूचीमा थपघट भने हुनसक्ने आयोगले जनाएको छ।

सिस्टममा सूचीकृत भएको आधारमा मंगलबार बेलुका ६ बजेसम्मको सूची सार्वजनिक गरेको आयोगले जनाएको छ।

वैशाख २१, २०७९ बुधबार ०८:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।