देश विकासका लागि एमालेले जित्न जरुरी : अध्यक्ष ओली

झापा : एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको विकास, लोकतन्त्रको रक्षा र सार्वभौमसत्ता जोगाउन एमालेले स्थानीय तहको निर्वाचन जित्न जरुरी रहेको बताएका छन्।
गृहजिल्ला झापाको मेचीनगरमा आज अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले एमालेको पक्षमा जनलहर आएको जिकिर गरे। उनी आज बिहान काठमाडौँबाट झापा आएका हुन्। झापाको भद्रपुर र हल्दिबारीको आमसभामा सहभागी बनेर उनी अपराह्न मेचीनगरको धुलाबारी आएका हुन्।
मेचीनगर मुलुकको प्रवेशद्वार भएको हुँदा तीव्र विकासका लागि एमालेका उम्मेदवारलाई जिताउन उनले मेचीनगरबासीलाई आह्वान गरे। उनले हल्दिबारी गाउँपालिका–१ गोलधाप र भद्रपुर नगरपालिका–३ को ज्ञानचोकमा आयोजित आमसभालाई सम्बोधन गरेका थिए।
वैशाख २०, २०७९ मंगलबार १८:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।