नेपाली कांग्रेस साताव्यापी चुनावी आमसभा गर्दै, देउवासहितका शीर्ष नेताहरूले सम्बोधन गर्ने

काठमाडौँ : नेपाली कांग्रेसले साताव्यापी चुनावी आमसभा गर्ने भएको छ। कांग्रेसले देशका प्रमुख १० शहरमा चुनावी सभा आयोजना गर्ने भएको हो।
वैशाख २१ गतेबाट सूरु हुने चुनावी सभालाई कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेताहरुले सम्बोधन गर्ने पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
वैशाख २१ गते विराटनगरमा, वैशाख २२ गते चितवनको भरतपुरमा, वैशाख २३ गते काठमाडौंमा, वैशाख २४ गते रुपन्देहीकाे बुटवलमा, वैशाख २४ गते तनहुँको दमौली र धनुषाको जनकपुरमा, वैशाख २५ गते कास्कीको पोखरा र दाङको तुलसीपुरमा, वैशाख २६ गते कैलालको धनगढीमा र वैशाख २७ गते डडेलधुरामा चुनावी सभा आयोजना गर्ने कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले निर्णय गरेकाे छ।
चुनावी सभालाई सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा, पार्टीका प्रवक्ता डा. प्रकाशशरण महत लगायतका नेताहरुले सम्बोधन गर्नेछन्।
वैशाख २०, २०७९ मंगलबार १८:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।