स्थानीय तह निर्वाचनः ५३ जना उम्मेदवार निर्विरोध निर्वाचित

काठमाडौँ : वैशाख ३० गते हुने स्थानीय चुनावमा उम्मेदवारी दिएकामध्ये हालसम्म तीन सय ५३ जना निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ। सोमबारसम्म अघिल्लो स्थानीय तहको ठुलो दल एमालेले एक सय २३ पदमा निर्विरोध भएको छ।
कांग्रेसले एक सय एक पद जितेको छ भने माओवादीले ५४, एकीकृत समाजवादीले ३४ र जसपाले एक पदमा निर्विरोध भएका छन्। यस पटकको निर्वाचनमा एक सय ७० दलित सदस्य पदमा उम्मेदवारी नै नपरेको आयोगले बताएको छ।
एमाले
नेकपा एमालेले एक अध्यक्ष निर्विरोध जितेको छ भने दुई उपाध्यक्ष जितेको छ। १४ जना वडाध्यक्ष, २६ जना वडा सदस्य, २३ जना महिला सदस्य र ५७ जना दलित महिला सदस्यले जितेका छन्।
नेपाली कांग्रेस
कांग्रेसले एक उपाध्यक्ष निर्विरोध जितेको छ। यस्तै १४ वडाध्यक्ष, ३१ वडा सदस्य, १५ महिला सदस्य र ४० दलित महिला सदस्य जितेको छ।
माओवादी केन्द्र
नेकपा माओवादी केन्द्रका तीन वडाध्यक्ष निर्विरोध भएका छन्। पाँच वडा सदस्य, सात महिला सदस्य र ३९ जना दलित महिला सदस्य निर्विरोध भएका छन्।
एकीकृत समाजवादी
नेकपा एकीकृत समाजवादीले दुई गाउँपालिका अध्यक्ष जितेको छ। एक उपाध्यक्ष निर्विरोध भएको छ। छ जना वडाध्यक्ष, १२ जना सदस्य, सात महिला सदस्य र ६ दलित महिला सदस्य निर्विरोध भएका छन्।
राप्रपा
राप्रपाबाट दुई जना वडा सदस्य निर्विरोध भएका छन्।
स्वतन्त्र
स्वतन्त्रबाट ६ जना वडाध्यक्ष निर्विरोध भएका छन्। १६ जना वडा सदस्य निर्विरोध भए भने ८ जना महिला सदस्य निर्विरोध भएका छन्। स्वतन्त्रबाट चार जना दलित महिला सदस्य निर्विरोध भएका छन्।
लोकतान्त्रिक समाजवादी पार्टीबाट एक दलित महिला सदस्य, जनता समाजवादी पार्टी एक दलित महिला सदस्य, नेपाल मजदुर किसान पार्टीबाट दुई दलित महिला सदस्य निर्विरोध भएका छन्। राष्ट्रिय जनमुक्ति पार्टीबाट एक जना महिला वडा सदस्य निर्विरोध भएकी छन्।
वैशाख २०, २०७९ मंगलबार १३:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।