जापान र थाइल्याण्डबीच सैनिक उपकरण र प्रविधि आदानप्रदान सम्झौता

एजेन्सीः जापान र थाइल्याण्डबीच सैनिक उपकरण र प्रविधिको आदानप्रदानका लागि सम्झौता भएको छ। सोमबार जापानी प्रधानमन्त्री फुमियो किशिदाले सम्झौतामा हस्ताक्षर गरेका हुन्।
प्रधानमन्त्री किशिदाले आफ्ना थाई समकक्षी प्रयुत चान-ओ-चासँग बैंककमा भेटेर विश्वव्यापी र क्षेत्रीय महत्त्वका विषयमा छलफल गरेका थिए।
युक्रेन र छिमेकी देशहरूलाई सहयोग, साथै म्यानमार र उत्तर कोरियाको मिसाइल र आणविक कार्यक्रमको स्थितिमा मिलेर काम गर्ने लगायातका विषय सम्झौतामा समेटिएको छ। "हाम्रो रक्षा उपकरण र प्रविधि हस्तान्तरण सम्झौतामा द्विपक्षीय रक्षा सहयोग विस्तार गर्ने एक प्रमुख कदम हो," किशिदाले संयुक्त सम्मेलनमा बताएको क्योडो समाचार एजेन्सीले उद्धृत गरेको छ।
गत शुक्रबारदेखि अन्तर्राष्ट्रिय भ्रमणमा रहेका जापानी प्रधानमन्त्रीले इन्डोनेसिया, भियतनाम र थाइल्याण्डको भ्रमण गर्नुका साथै इटाली र बेलायतको पनि भ्रमण गर्ने कार्यक्रम छ।
वैशाख २०, २०७९ मंगलबार १३:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।