एकैदिन प्रतितोला हजार रुपैयाँले घट्यो सुनको मूल्य

एकैदिन प्रतितोला हजार रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य एकैदिन एक हजार रुपैयाँले घटेको छ। आज सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु ९७ हजार २०० कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ७०० छ।

आज चाँदीको मूल्य भने अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रहेको छ। आज चाँदी प्रतितोला रु एक हजार २९० कायम रहेको महासङ्घले जनाएको छ।।

वैशाख २०, २०७९ मंगलबार १२:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।