भक्तपुरमा पाँच तलामाथिबाट खस्दा ४४ वर्षीय लक्ष्मीको मृत्यु

भक्तपुरमा पाँच तलामाथिबाट खस्दा ४४ वर्षीय लक्ष्मीको मृत्यु

काठमाडौंः आफ्नै घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा भक्तपुर नगरपालिका–८ लिवालीकी ४४ वर्षीया लक्ष्मीसुन्दर कुसाथा रहेकी छिन्।

गए राति पाँच तलामाथिबाट खसेर उनको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।

छतबाट खसेपछि उपचारका लागि मध्यपुर अस्पताल थिमि लगिएकामा उपचारको क्रममा कुसाथाको मृत्यु भएको उनले बताए।

वैशाख २०, २०७९ मंगलबार ११:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।