आज प्रेस स्वतन्त्रता दिवस, 'डिजिटल घेराबन्दीमा पत्रकारिता' शीर्षकमा विश्वव्यापी सम्मेलन आयोजना

आज प्रेस स्वतन्त्रता दिवस, 'डिजिटल घेराबन्दीमा पत्रकारिता' शीर्षकमा विश्वव्यापी सम्मेलन आयोजना

काठमाडौंः आज विश्व प्रेस स्वतन्त्रता दिवस रहेको छ। हरेक वर्ष मे ३ मा मनाइने प्रेस स्वतन्त्रता दिवसको अवसरमा यस पटक संयुक्त राष्ट्रसंघको यूनेस्कोले 'डिजिटल घेराबन्दीमा पत्रकारिता' शीर्षकमा विश्वव्यापी सम्मेलनको आयोजना गरेको छ।

हिजो २ मेबाट उरुग्वेमा सुरु भएको सम्मेलन ५ मेसम्म चल्नेछ। संयुक्त राष्ट्रसंघको पहलमा सन् १९९३ देखि यो दिवस मनाउन थालिएको थियो।

नेपालमा पनि आज विभिन्न कार्यक्रमको आयोजना गर्दै प्रेस स्वतन्त्रता दिवस मनाइँदैछ।

वैशाख २०, २०७९ मंगलबार ०९:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।