मकवानपुरमा लोडर दुर्घटनाः दुई चिनियाँ नागरिकको मृत्यु, चार घाइते

मकवानपुरमा लोडर दुर्घटनाः दुई चिनियाँ नागरिकको मृत्यु, चार घाइते

मकवानपुर : मकवानपुरको बकैयामा तराईलाई  काठमाडौँ जोड्ने द्रुतमार्ग निमार्ण गर्ने क्रममा लोडर दुर्घटना हुँदा दुईको मृत्यु भएको छ भने चार घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

मृतक दुवै चिनियाँ नागरिक रहेको प्रहरीले जनाएको छ । द्रुतमार्गको काम गरिरहेको लोडर एक्कासी सिमान्त खोलामा खस्दा लोडरमा रहेका छ जनामध्ये दुई जनाको मृत्यु भएको जिल्लाका प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए। 

काठमाडौँ जोड्ने द्रुतमार्गअन्र्तगत मकवानपुरको बकैया गाउँपालिकाको–११ घटेपाख र लेनडाँढा नजिक लोडर दुर्घटना हुँदा दुईको घटनास्थलमा मृत्यु भएको बताइएको छ।

मृतक दुई सो द्रुत मार्गमा काम गर्ने चिनियाँ नागरिक रहेको  प्रवक्ता कार्कीले बताए। घाइतेको उद्धार गरी हेटौँडा ल्याएको र उपचार भइरहेको बताइएको छ । मृतक र घाइतेको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ।

वैशाख १९, २०७९ सोमबार २०:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।