भारतीय कंग्रेसका नेता राहुल गान्धी काठमाडौंमा

काठमाडौँ : भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कंग्रेसका नेता राहुल गान्धी काठमाडौं आएका छन्। गान्धी सोमबार साँझ त्रिभुवन विमानस्थलमा उत्रेका हुन्। गान्धी नागपोखरीस्थित होटल मेरियटमा बसेका छन्।
उनी पारिवारिक भ्रमणका क्रममा नेपाल आएको जनाइएको छ। गान्धी बिहीबार एक विवाहमा सहभागी हुने कार्यक्रम रहेको जनाइएको छ। गान्धीले नेपालमा रहँदा पर्यटकीय स्थलको भ्रमण गर्ने सम्भावना रहेको बताइएको छ।
वैशाख १९, २०७९ सोमबार २०:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।