निर्वाचन आयोगले सोध्यो केशव स्थापितसँग चौबिस घण्टे स्पष्टीकरण 

निर्वाचन आयोगले सोध्यो केशव स्थापितसँग चौबिस घण्टे स्पष्टीकरण 

काठमाडौँ : एमालेबाट काठमाडौँ महानगरका मेयर पदका उम्मेदवार केशव स्थापितसँग निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ। आयोगले सोमबार एक पत्र पठाई महिलाका विषयमा दिएको अभिव्यक्तिलाई लिएर आयोगले स्थापितसँग स्पष्टीकरण मागेको हो।

केही दिनअघि स्थापितले धुम्बाराइस्थित नेशनल कलेजमा आयोजना गरिएको एक अन्तरक्रिया कार्यक्रममा प्रश्न सोध्ने महिलामाथि गरेको व्यवहारलाई लिएर स्पटीकरण सोधिएको आयोगले जनाएको छ।

कार्यक्रममा स्थापितले एक महिलाले उनीमाथि लागेको ‘मिटु’ का बारेमा प्रश्न गरेपछि आक्रोशित हुँदै ‘यु आर ब्युटीफुल लेडी, तर थुतुने ठिक भएन’ भन्ने जवाफ फर्काएका थिए। त्यसपछि स्थापित थप विवादमा तानिएका थिए।

आयोगले सोही विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाउँदै स्पष्टीकरण सोधेको हो। स्थापितको अभिव्यक्ति निर्वाचन आचारसंहिता अनुकूल नभएको हुँदा के कसो भएको हो चौबिस घण्टा भित्र स्पटीकरण पेश गर्न आयोगले भनेको छ।

वैशाख १९, २०७९ सोमबार १४:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।