प्रतितोला ८०० ले घट्यो सुनको मूल्य

काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले घटेको छ। आज छापावाल सुन तोलामा ९८ हजार दुई सय कायम भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ७०० तोकिएको छ। यसको अघिल्लो कारोबार मूल्य ९८ हजार ५०० थियो।
त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले घटेको छ। आज चाँदी एक हजार २९० प्रतितोला कायम भएको महासङ्घले जनाएको छ।
वैशाख १९, २०७९ सोमबार १२:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।