नेपाल प्रहरी र सशस्त्र प्रहरीका नवनियुक्त आईजीपीद्वयले लगाए दर्ज्यानी चिह्न

नेपाल प्रहरी र सशस्त्र प्रहरीका नवनियुक्त आईजीपीद्वयले लगाए दर्ज्यानी चिह्न
फाइल तस्बिर

काठमाडौंः नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका नवनियुक्त आईजीपीहरूले दर्ज्यानी चिह्न लगाएका छन्। नेपाल प्रहरीका आईजीपी धिरजप्रताप सिंह र सशस्त्र प्रहरीका आईजीपी राजु अर्याललाई सोमबार गृह मन्त्रालयमा गृह सचिव टेकनारायण पाण्डेले दर्ज्यानी चिह्न लगाइदिएका हुन्।

हिजो आइतबारको मन्त्रिपरिषद्को बैठकले यी दुई सुरक्षा संगठनमा नयाँ प्रमुख नियुक्त गर्ने निर्णय गरेको थियो।

वैशाख १९, २०७९ सोमबार १०:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।