बबरमहलमा स्कुटर दुर्घटना हुँदा कोटेश्वर बस्ने केबिन श्रेष्ठको मृत्यु

बबरमहलमा स्कुटर दुर्घटना हुँदा कोटेश्वर बस्ने केबिन श्रेष्ठको मृत्यु

काठमाडौंः गए राति बबरमहलमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा डडेल्धुराको अमरगढी नगरपालिका- ५ घर भई हाल काठमाडौंको कोटेश्वर बस्ने अन्दाजी २६ वर्षीय केबिन श्रेष्ठ रहेका छन्।

उनको उपचारको क्रममा वीर अस्पतालमा राति पौने २ बजे मृत्यु भएको हो।

बानेश्वरबाट बबरमहल आउँदै गरेको बा६१प ८९८८ नम्बरको स्कुटर गए राति पौने १२ बजे अनियन्त्रीत भई सडकको नालीमा पल्टिएको थियो।

वैशाख १९, २०७९ सोमबार ०८:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।