सशस्त्र आइजिपी केसीले पाए अवकाश
काठमाडौँ : सशस्त्र प्रहरीका प्रहरी महानिरीक्षक पुष्पराम केसीले अवकाश पाएका छन्। ३० वर्षीय सेवा अवधिका कारण उनले सोमबारबाट अवकाश पाएका हुन्। उनीसँगै अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले पनि अवकाश पाए।
दुबैलाई सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोकमा कार्यक्रम आयोजना गरेर बिदाइ गरिएको थियो। केसी २१ दिनका लागि मात्रै आइजिपीमा नियुक्त भएका थिए।
कार्यकाल बढाउन उनले ३० वर्षीय सेवा अवधि हटाउने प्रयास गरे पनि सफल हुन सकेनन् र आइतबार बिदा भए। उनीहरूलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक राजु अर्यालले बिदाइ गरेका थिए।
केसीले अर्याललाई सङ्गठनको सम्पूर्ण जिम्मेवारी बर–बुझारथ गरेका थिए।
वैशाख १८, २०७९ आइतबार २२:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।