एआइजी भएको छ दिनमै सशस्त्रको आइजिपी भए अर्याल

काठमाडौँ : सशस्त्र प्रहरीको आइजिपीमा राजु अर्याल नियुक्त भएका छन्। अहिलेका आइजिपी पुष्पराम केसी आइतबार बेलुकाबाट अवकाशमा जाने भएपछि सरकारले अर्याललाई आइजिपीमा बढुवा गर्ने निर्णय गरेको हो।
२१ दिनका लागि आइजिपीमा नियुक्त केसीले सेवा अवधि ३२ वर्ष बनाएर प्रहरी महानिरीक्षकको कार्यकाल बढाउने प्रयास गरेका थिए। त्यही अनुसार अर्थ मन्त्रालयमा प्रस्ताव पुगे पनि सैद्धान्तिक सहमति नआउँदा गृहमन्त्रीको प्रयास सफल भएन। उनी ६ दिन अगाडि मात्रै डिआइजीबाट एआइजीमा बढुवा भएका थिए।
केसीसँगै अन्य एआइजीहरू पनि अवकाशमा जाने भएकाले आइजिपीका लागि उनी एक्ला दाबेदार थिए। त्यसैले नेपाल प्रहरीको आइजिपी नियुक्तिमा जस्तो सशस्त्रमा विवाद भएन। उनले करिब २ वर्ष सशस्त्रको नेतृत्व गर्नेछन्।
वैशाख १८, २०७९ आइतबार १७:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।