आइजिपी नियुक्तिमा शेखरको टिप्पणी: प्रहरी सङ्गठनलाई विवादमा ल्याइयो

आइजिपी नियुक्तिमा शेखरको टिप्पणी: प्रहरी सङ्गठनलाई विवादमा ल्याइयो

काठमाडौँ : नेपाल प्रहरीको आइजिपीमा चौथो बरीयतामा रहेका धिरजप्रताप सिंहलाई बढुवा गरेकोमा कांग्रेस नेता शेखर कोइरालाले विरोध गरेका छन्।

१६ महिना अगाडि बढुवा भएका विश्वराज पोखरेल र नौ महिना अगाडि बढुवा पाएका सहकुल थापालाई छाडेर सरकारले एक महिना अगाडि एआइजिमा नियुक्त सिंहलाई नियुक्तिको निर्णय गर्यो।

शेखरले ट्विट गर्दै भने 'वरियता र प्रक्रिया मिचेर नेपाल प्रहरीको आइजिपी नियुक्त गर्ने सरकारको निर्णयले विधिको शासनको खिल्ली उडाउने काम गरेको छ। सरकारको यो निर्णयले सिङ्गो प्रहरी सङ्गठनलाई फेरि एक पटक विवादमा ल्याएको छ।

वैशाख १८, २०७९ आइतबार १६:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।