घाँस काट्न जाँदा बाघको आक्रमण: एक किलोमिटर पर भेटियो शव

चितवनः पूर्वी चितवनमा बाघको आक्रमणबाट एक जना पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा खैरहनी नगरपालिका–१३ का ६५ वर्षीय नारायण दाहाल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार आज बिहान घर नजिकै रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनको राप्ती घाँसे मैदानमा घाँस काट्न जाने क्रममा दाहाललाई बाघले आक्रमण गरेको थियो।
दाहाललाई बिहान ८ बजे बाघले आक्रमण गरेको हो। आक्रमणमा परेका दाहालको घटनास्थलभन्दा एक किलोमिटर पर शव भेटिएको कार्यालयले जनाएको छ। शव बिहान १० बजे भेटिएको हो।
वैशाख १८, २०७९ आइतबार १२:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।