कांग्रेसको अनुगमन, मूल्याङ्कन तथा सुपरीवेक्षण उपसमितिमा २७ सदस्य थप

काठमाडौंः नेपाली कांग्रेसको अनुगमन, मूल्याङ्कन तथा सुपरीवेक्षण उपसमितिमा २७ सदस्य थप भएका छन्। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै पार्टीका केन्द्रीय सदस्य प्रदीप पौडेको सञ्योजकत्वमा रहेको अनुगमन, मूल्याङ्कन तथा सुपरीवेक्षण उपसमितिमा शनिबार सदस्य थप गरिएको हो।
सुमना तिमिल्सिना धनकुटा, हरिदर्शन श्रेष्ठ दोलखा, सुनिल पोखरेल सप्तरी, विश्वदीप लिङ्देन झापा, अनिता यादव धनुषा, डा. नारायणविक्रम थापा काठमाडौं, बिर्ख रावल कैलाली, अनिता शर्मा नवलपरासी, डा. महेन्द्रकुमार मल्ल सुर्खेत, विपीन अधिकारी तनहुँ, विकासकुमार रोका ललितपुर, डा. लालबहादुर पुन बागलुङ, पेम्वा शेर्पा भोजपुर, नवीन श्रेष्ठ गोरखा, डा. कृष्णप्रसाद पौडेल कास्की र सङ्गीता फुँयाल भक्तपुर थप भएका छन्।
यस्तै होम विश्वकर्मा ओखलढुङगा, सञ्जय यादव सिरहा, जयराम दाहाल नुवाकोट, डा. सुरज काफ्ले काठमाडौं, विजय सम्वाहाम्फे लिम्बू तेह्रथुम, धर्मेन्द्रकाजी श्रेष्ठ गोरखा, अइन्द्र केरुङ झापा, लक्ष्मण पन्थी अर्घाखाँची, महेश नेपाली काठमाडौं, सानुबाबु महर्जन ललितपुर र ई. भुवन भट्ट डडेल्धुरालाई सदस्यमा थप गरिएको छ।
यसअघि पार्टीका उपसभापति एवं स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका सञ्योजक पूर्णबहादुर खड्काले पार्टीका केन्द्रीय सदस्य पौडेलको सञ्योजकत्वमा अनुगमन, मूल्याङ्कन तथा सुपरिवेक्षण उपसमिति गठन गरेका थिए।
वैशाख १८, २०७९ आइतबार ११:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।