श्रमिकको मौलिक हक कार्यान्वयन गरी श्रम क्षेत्रलाई मर्यादित बनाउने प्रतिबद्धता

श्रमिकको मौलिक हक कार्यान्वयन गरी श्रम क्षेत्रलाई मर्यादित बनाउने प्रतिबद्धता

काठमाडौंः श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सामाजिक सुरक्षाको क्षेत्रमा नयाँ कामको थालनी भएको बताएका छन्। १३३औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना जारी गर्दै उनले संविधानमा लिपिबद्ध श्रमिकका मौलिक हकको प्रभावकारी कार्यान्वयन गरी श्रम क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन्। 

सुरक्षित कार्यथलो, उचित पारिश्रमिक, सामाजिक सुरक्षाको व्यवस्था, नीति निर्माणमा श्रमिक वर्गको सहभागिता, सबै प्रकारका विभेदको अन्त्य र फलदायी रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए। 

उनले वैदेशिक रोजगारी व्यवस्थापन, आन्तरिक रोजगारी प्रवर्द्धन, सेवा प्रवाहमा सुधार, सङ्गठन व्यवस्थापन र विस्तार भएको पनि बताएका छन्।

मन्त्री श्रेष्ठले स्वदेशमा कार्यरत श्रमिकको अधिकारका लागि न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा र श्रम कानूनको प्रभावकारी कार्यन्वयनका लागि सरकार प्रतिबद्ध रहेको पनि उल्लेख गरे।

वैशाख १८, २०७९ आइतबार ०८:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।