अनियन्त्रित भएर मोटरसाइकल पल्टिँदा ४० वर्षीय संजिपको मृत्यु

धनुषाः मिथिला नगरपालिका- २ राघोपुरमा हिजो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोहोत्तरीको बर्दिबास घर भएका ४० वर्षीय संजिप श्रेष्ठ रहेका छन्।
ढल्केबरबाट जनकपुरतर्फ जाँदै गरेको प्रदेश-२-०२-००२प ३०५३ नम्बरको मोटरसाइकल हिजो अपराह्न ४ बजे अनियन्त्रित भई पल्टिएको थियो।
गम्भीर घाइते भएका श्रेष्ठको उपचारका क्रममा साँझ साढे ५ बजे जनकपुरस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ।
वैशाख १८, २०७९ आइतबार ०८:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।