आज मे १, अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

आज मे १, अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

काठमाडौंः आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ। एक सय ३६ वर्षदेखि हरेक वर्ष मे १ मा यस दिवस निरन्तर मनाइँदै आइएको छ। 

‘आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’को माग राख्दै अमेरिकाको सिकागो शहरका श्रमिकहरूले सडक ओर्लिएर बलिदानी पूर्ण सङ्घर्ष गरी विजय हासिल गरेको दिनको सम्झनामा आज विश्वभर यो दिवस मनाइन्छ।

श्रमिक दिवसले श्रमिकको एकता, वीरता र गौरवपूर्ण इतिहास बोकेको छ। नेपालमा पनि विभिन्न ट्रेड युनियनले श्रमिक दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्ने गरेका छन्।

वैशाख १८, २०७९ आइतबार ०७:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।