पोखरामा निर्वाचन कार्यालयको ड्रामा, अटेरीको चुनाव चिन्ह 'लौरो' फर्कायो

पोखरा : स्थानीय तह निर्वाचनमा पोखरा महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बनेकाहरूलाई सातौँ नम्बरमा रहेकाले लौरो दिन नसकिने भन्दै दिइसकेको चुनाव चिन्ह फिर्ता लिने निर्वाचन कार्यालयको प्रयास सफल भएन।
बिहान कार्यालयमा बोलाएर चुनाव चिन्ह छान्न लगाएर पछि मिलेन भन्दै फोन गरेपछि अटेरी अभियानबाट महानगरमा मेयरको उम्मेदवार बनेका गनेस पौडेल समूहसहित निर्वाचन कार्यालय अगाडि पुगेर प्रदर्शन गरेका थिए।
पोखरा महानगरपालिकाको मेयरमा धेरै स्वतन्त्र उम्मेदवार नभएको र सातौँ नम्बरमा लौरो चिन्ह रहेकाले बिचमा अन्य चिन्ह खाली राखेर दिन नमिल्ने भने पनि विरोध प्रदर्शनपछि भने आयोग पछि हट्दै लौरो चिन्ह नै कायम गर्यो।
काठमाडौँ महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन शाहले पनि लौरो चुनाव चिन्ह नै लिएका छन्।
वैशाख १७, २०७९ शनिबार १९:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।