आठ हजार उम्मेदवारले उम्मेदवारी फिर्ता लिए

आठ हजार उम्मेदवारले उम्मेदवारी फिर्ता लिए

काठमाडौँ : निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचनमा आठ हजार उम्मेदवारहरूले उम्मेदवारी फिर्ता लिएका छन्। 

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार करिब एक लाख ५३ हजार जनाको उम्मेदवारी परेकोमा करिब ८ हजारले फिर्ता लिएको जानकारी दिए। करिब एक लाख ४५ हजार करिब उम्मेदवार कायम हुने देखिन्छ।

शुक्रवार स्थानीय तह निर्वाचनका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरिएको थियो। आयोगको कार्य तालिका अनुसार शनिवार ५ बजेसम्म उम्मेदवारहरूलाई निर्वाचन चिन्ह दिइने छ। 

वैशाख १७, २०७९ शनिबार १७:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।