पोखरामा अटेरी अभियानको चुनाव चिन्ह लौरो खोसियो

काठमाडौँ : स्वतन्त्र उम्मेदवारको रूपमा निर्वाचन कार्यालयले अटेरी अभियानलाई दिएको चुनाव चिन्ह लौरो फिर्ता लिएको छ।
बिहान छलफल गर्दा आयोगले सूचीमा रहेकोमध्ये लौरो चिन्ह दिने निर्णय गरे पनि पछि फोन मार्फत सो चुनाव चिन्ह दिन नमिल्ने भन्दै जानकारी गराएको मेयरका उम्मेदवार गनेस पौडेलले जानकारी दिएका छन्।
फोन गरेर लौरो चिन्ह दिन नमिल्ने जानकारी आएको उनले बताए। आयोगले निर्वाचन चिन्ह दिएपछि अटेरी अभियान अनुसार स्वतन्त्र उम्मेदवारी दिएका सबै उम्मेदवार प्रचारमा लागेका थिए।
पौडेलले दिइसकेको चिन्ह खोस्नुले निर्वाचन आयोग निष्पक्ष भएको नदेखिएको टिप्पणी गरेका छन्।
वैशाख १७, २०७९ शनिबार १७:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।