माछापोखरीबाट १६ लाखसहित एक भारतीय र एक नेपाली पक्राउ

माछापोखरीबाट १६ लाखसहित एक भारतीय र एक नेपाली पक्राउ

काठमाडौंः प्रहरीले काठमाडौंको माछापोखरीबाट स्रोत नखुलेको रु १६ लाखसहित आज बिहान दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–११ घर भई हाल तनहुँको बन्दीपुर बस्ने ३१ वर्षीय दीपेन्द्र सुनार र भारत महाराष्ट्र घर बताउने वर्ष ३३ का सागर यादव रहेका छन्।

सडकमा शङ्कास्पदरूपमा हिँडिरहेको अवस्थामा सुरक्षा जाँच गर्दा उनीहरूबाट स्रोत नखुलेको रकम बरामद गरिएको हो। उक्त घटनाका सम्बन्धमा प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको जनाइएको छ।

वैशाख १७, २०७९ शनिबार १२:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।