नेपालमा तीन वटा मौसमी प्रणालीको प्रभाव: अझै केही दिन वर्षा हुने

नेपालमा तीन वटा मौसमी प्रणालीको प्रभाव: अझै केही दिन वर्षा हुने

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालसम्मको न्यून चापीय प्रणाली र स्थानीय वायु गरी तीन वटा संयुक्त मौसमी प्रणालीको प्रभाव रहेको छ।

अहिले प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षा भइरहेको छ। दिउँसो पनि विशेष गरी प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका कतिपय स्थानमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको छ।

मौसमी प्रणालीको प्रभाव कायमै रहेकाले अझै एक/दुई दिन वर्षा हुने बताइएको छ। यतिबेला काठमाडौं उपत्यकामा बिहानैदेखि हल्का वर्षा भइरहेको छ। उपत्यकाको आकाश पूर्ण बदली रहेको छ।

वैशाख १७, २०७९ शनिबार १२:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।