इरानद्वारा कतारका राजदूतको हत्या प्रयासको खबर अस्वीकार

इरानद्वारा कतारका राजदूतको हत्या प्रयासको खबर अस्वीकार
इरानका लागि कतारी राजदूत मोहम्मद बिन हमाद अल हजरी र इरानी राष्ट्रपति इब्राहिम रइसी

एजेन्सीः इरानका लागि कतारका राजदूतको हत्या प्रयासको समाचारलाई इरानको विदेश मन्त्रालयले अस्वीकार गरेको छ। शुक्रबार मन्त्रालयले सो खबर झुटो भएको बताएको हो।

इरानको सरकारी न्युज एजेन्सी आईआरएनएका अनुसार सो खबर अस्वीकार गर्दै विदेश मन्त्रालयले सञ्चारमाध्यमहरूलाई आफूले गरेको रिपोर्टिङमा ध्यान दिन निर्देशन दिइएको छ।

यस घटनाबारे थप केही पनि भनिएको छैन। हाल इरानका लागि कतारी राजदूत मोहम्मद बिन हमाद अल हजरी हुन्।

इरान र कतार एकापसमा राम्रो सम्बन्ध भएका मुलुक हुन्। गत फेब्रुअरीमा मात्र इरानी राष्ट्रपति इब्राहिम रइसीले कतारको भ्रमण गरेका थिए। त्यसक्रममा कतारका अमिर शेख तमिम बिन हमादसँग भेटवार्ता गर्नुका साथै दुई देशबीच विभिन्न द्विपक्षीय सम्झौतामा हस्ताक्षर पनि भएको थियो।

वैशाख १७, २०७९ शनिबार १२:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।