धनुषा ट्राफिक प्रहरीले नौ महिनामा सङ्कलन गर्‍यो एक करोड ४६ लाख राजश्व

धनुषा ट्राफिक प्रहरीले नौ महिनामा सङ्कलन गर्‍यो एक करोड ४६ लाख राजश्व

धनुषाः जिल्ला ट्राफिक प्रहरी कार्यालय जनकपुरधाम धनुषाले नौ महिनाको अवधिमै एक करोड ४६ लाख राजश्व सङ्कलन गरेको छ। चालु आर्थिक वर्ष २०७८/०७९ को नौ महिनामा सो राजश्व सङ्कलन भएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका अनुसार साउनदेखि चैत महिनासम्ममा ट्राफिक नियम उल्लङ्घन गरी चलाउने १७ हजार ५५० सवारी साधनमाथि कारबाही गर्दा एक करोड ४६ लाख ७४ हजार राजश्व सङ्कलन भएको हो। पूर्वपश्चिम राजमार्ग तथा अन्य सहायक मार्गमा ट्राफिक जाँच बढाएकाले ट्राफिक नियमको उल्लङ्घन गर्ने सवारी साधनमाथि कारबाही गरी अघिल्लो वर्षको सोही अवधिको तुलनामा बढी राजश्व सङ्कलन भएको ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक चन्द्रभूषण यादवले बताए।

यस्तै चालु आवकै नौ महिनामा धनुषाको विभिन्न सडकखण्डमा भएको एक हजार ५५ सवारी दुर्घटनामा परी ८० जनाले ज्यान गुमाएका छन्। बढ्दो सवारी साधनको चाप, साँघुरो सडक, चालकको लापरबाही तथा सडकमा छाडिने पशुचौपायाका कारण सवारी दुर्घटना बढेको प्रहरी निरीक्षक यादवको भनाइ छ।

वैशाख १७, २०७९ शनिबार ११:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।